विद्युत् सर्ट हुँदा सिन्धुलीमा आगलागी, १ करोडको क्षति

No ads found for this position
No ads found for this position

काठमाडौं- सिन्धुलीको कमलामाई नगरपालिका अन्तरगत गैरी बजारको एक कपडा पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।

गए राती प्रमिला देवी शाहको तीनतले घरमा निजकै छोरा भोला शाहले सञ्चालन गरेको भोला फेन्सी स्टोर नामको कपडा पसलमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त क्षति भएको हो ।

अचानक लागेको आगो बिहान ३ बजे पछि प्रहरी र कमलामाई नगरपालिकाको अग्नी नियन्त्रण यन्त्रको साहायतामा पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *