फुलाराको लोक देउडा गीत सार्वजनिक (भिडियो सहित)

No ads found for this position
No ads found for this position

काठमाडौं-गीतकार भीष्मराज फुलाराद्वारा रचित नयाँ लोक देउडा गीत ‘साइनो मिटाइ गई…’ सार्वजनिक भएको छ।

फुलारा लिटरेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको उक्त गीतमा वरिष्ट देउडा गायक दिपेन्द्र प्रसाद दाहाल र चर्चित गायिका टिका पुनको स्वर, दिपेन्द्र प्रसाद दाहालकै संगीत र भुवन प्रसाद बडुको संगीत संयोजन रहेको देउडा गीतको म्यूजिक भिडियो लेखक फुलाराको आफ्नै आधारिकारीक युट्यूव च्यानल फुलारा ईन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक गरिएको हो ।

‘बासु डि. फुलारा पि.सी.’को सहकार्यमा निर्माण गरिएको उक्त देउडा गीतको दृश्य निर्माण ‘जुम प्रोडक्सन’ र रेकर्डिङ विग परिवेश स्टुडियो अनामनगरमा भएको हो ।

रमेश बिजुली बि.सी.द्वारा निर्देशित सो म्यूजिक भिडियोमा ध्वनी मिश्रण जिवन बडु, अभिनय तर्फ चर्चित कलाकारहरु झरना बोहरा, सौगात ओझा र बिर बहादुर बोहरा रहेका छन् ।
छायाँङ्कनमा अमृत उपाध्याय, सम्पादनमा शंकर साउद, कलर संयोजनमा गणेश साउद र मेकअपमा निशा बोहराले गीतलाई थप आकर्षित बनाएका छन् ।

नेपाली समाजमा जातीय विभेदका कारण मायाप्रेममा चुर्लुम्म डुबेका युवावर्गहरुलाई समाज र परिवारका कारणले छुट्टिन बाध्य भएका घट्नाहरुलाई जोडेर यो गीत रचना गरेको हुँ, ‘यो पूर्ण वियोगान्त देउडा गीत हो’ फुलाराले भने ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *