नेकपा एसले बोलायो स्थायी समिति बैठक

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)ले स्थायी समितिको बैठक बोलाएको छ । एकीकृत समाजवादीले वैशाख २९ गतेका लागि स्थायी समिति बैठक बोलाएको हो ।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न दस्तावेजका विषयमा छलफल गरिने भएको छ ।

स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्यूरो बैठक बोलाइएको छ । दुवै कमिटीबाट आएका सुझाव सङ्कलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरीने खतिवडाले जानकारी दिएका छन् ।

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन गर्दै छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *