निःशुल्क माली तालिम लिएका प्रशिक्षार्थी भन्छन्- हाम्रा लागि ठूलो सहयोग भयो

No ads found for this position
No ads found for this position

काठमाडौं- माली तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, पैसा तिरेर तालिम लिन सक्ने अवस्था थिएन । महानगरपालिकाले निःशुल्क तालिम दियो । यसबाट हामीलाई ठूलो सहयोग भएको छ ।

महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले विभिन्न क्षेत्र र पेशाका तालिमहरु सञ्चालन गरिरहेको छ । यीमध्ये वैशाख १२ गतेबाट सुरु भएको बगैँचे र माली तालिम एउटा पेशाअन्तर्गतको हो । यो १५ दिन अवधिको हो ।

तालिममा २५ जनाले प्रशिक्षण लिइरहेका छन् । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म राष्ट्रिय सभा गृहको वगैँचामा प्रशिक्षण हुने गरेको छ । फूल बगैँचा र विरुवा सम्बन्धी व्यवहारिक ज्ञान दिन क्रममा सोमबार प्रशिक्षार्थीलाई रत्नपार्कको अवलोकन भ्रमणका लागि लगिएको थियो ।

अवलोकनका क्रममा वगैँचाको ढाँचा, बोट, फूल र विरुवाको व्यवस्थापनका बारेमा जानकारी गराइएको थियो ।

प्रशिक्षक मदनराज थापा भन्छन्- अवलोकनका क्रममा फूल फुल्ने, फूल नफुल्ने, गहनाका रुपमा रोपिने, काँटछाँट गर्नु पर्ने विरुवाका बारेमा जानकारी गराइएको थियो । यस्तै बगैँचा निर्माणको ढाँचा, यसका प्रकारका बारेमा अवगत गराइएको थियो ।

१८ बर्ष उमेर पूरा भएका, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिकलाई तालिम उपलब्ध गराइएको छ ।

फूल तथा विरुवाका बेर्ना उमार्ने, घरभित्र राखिने र बाहिर राखिने फूल तथा विरुवा, यस्ता विरुवाको स्याहार, कलमी, फूल तथा विरुवामा लाग्ने कीरा, रोग र रोकथामका उपायका बारेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान र सिप माली तालिमको पाठ्यक्रम हो । यससँगै अगैँचामा गर्नु पर्ने काममा, डेड हेडिङ्, पिन्चिङ्, डिस्बर्डिङ्, फिडिङ्, गोडमेल, सपोर्ट, सिँचाइँलगायतका विषयमा प्रयोगात्मक सिप सिकाइन्छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *