बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाइते

No ads found for this position
No ads found for this position

बैतडी- धनगढीबाट बैतडीको तल्लादेही आइरहेको जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

सुदुर पश्चिभ प्रदेश ०२००१ ज ३८५ नम्बरको जिप सत्बाज-गोकुलेश्वर सडकखण्डको सिदुनमा बुधबार बिहान करिब २ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका- ९ तल्लादेहीका २७ वर्षीय दिपक पार्की, उनका ८ वर्षीय छोरा छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ वर्षीय धनजीत पार्की, उनकी १५ वर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ वर्षीया कृष्णा पार्की, डिलाशैनी गाउँपालिका ४ तडीबटाका ३३ वर्षीय करबीर सार्की र ७४ वर्षीय मनोरी सार्की रहेको प्रहरी बताएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *