राईले सिङ्गापुर थर्काउने

No ads found for this position
No ads found for this position

काठमाडौं-देश,विदेशको स्टेज कार्यक्रममा व्यस्त रहदै आएका चर्चित गायक पदम राई आफ्नो साँगीतिक प्रस्तुतिको लागि युएई पुगेर स्वदेश फर्केका छन् ।

किरात राई यायोक्खा शाखा, युएईको आयोजना येलेदोङ ५०८४ बृहत साँस्कृतिक कार्यक्रममा गायक राईले आफ्ना दर्जनौ हिट गीत गाएर उपस्थित पाहुनाहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए भने यूएईको आब्रा बरदुबईको ब्लुप्यालेस होटलमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाली मुभिज् सिंगापुरको आयोजनामा आगामी जेष्ठ १२ र १३ ‘मे २५ र २६’ मा सिङ्गापुरमा हुने ‘लाईभ नेपाली सांगीतिक साँझ सिंगापुर २०२४’ मा आफ्नो साँगीतिक प्रस्तुतिको लागि गायक राई यतिबेला तयारीमा जुटेका छन्।

द भ्वाईस अफ नेपाल सिजन ४ का सेमिफाइनलिस्ट चर्चित गायक पदम राईलाई प्रगति पुन मगर, सुनिता थेगिम्, रवि गहतराज लगायत स्थानीय कलाकारहरुले कार्यक्रममा साथ दिने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *